बैशाख १३, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा थप  एक हजार आठ सय ८८ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  थप  एक हजार आट सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

उपत्यकामा कोरोना पुष्टि हुनेमा ७८१ महिला र ११०७ पुरुष छन् । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ‘ नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ,’ उनले भने, ‘ शुक्रबार चार हजार ९६ जना डिस्चार्ज भएका छन् ।’

गौतमको भनाइ अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ । २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि