बैशाख १३, २०८१, बिहीबार
               

देशभर थप तीन हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल १४ हजार ९८९ जनाको परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार जसमा २१५६ पुरुष र १३६१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि