बैशाख ०७, २०८१, शुक्रबार
               

कास्की र स्याङ्जाका थप एक/एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

पोखरा । स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण शुक्ररबार स्याङ्जा वालिङ नगरपालिका–५ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । 

कात्तिक ९ मा कोरोना संक्रमण पुष्टि भएका वृद्धको आइसियूकक्षमा उपचार हुँदै आएको थियो । अस्पतालका अनुसार वृद्ध निमोनिया लगायत रोगबाट पीडित थिए । 

त्यसैगरी, कास्कीको पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु थापाका अनुसार पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै बस्दै आएका थिए ।

शुक्रबार दुई जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि