चैत १६, २०८०, शुक्रबार
               

साउदीको नोटमा राखेको नक्साप्रति भारतको आपत्ति

एजेन्सी
कात्तिक १४, २०७७

ADVERTISEMENT

एजेन्सी । साउदी अरेबियाले आफ्नो बैंक नोटमा जारी गरेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ । भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बिबिसीले उल्लेख गरेको छ ।

गत साता साउदी अरेबियाले जारी गरेको २० रियालको नोटमा विश्वको नाक्सा छापिएको छ । उक्त नक्सामा जम्मु–कश्मीर र लद्दाखलाई भारतको हिस्साको रुपमा देखाइएको छैन ।

साउदी अरेबियासँगको यो विषयमा तत्काल सुधारात्मक कदम उठाउन आग्रह गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिए । उनले केन्द्रशासित राज्य जम्मु–कश्मीर र लद्दाख भारतको अभिन्न अंग रहेको बताए ।

साउदी अरेबियाले जी–२० समुहको अध्यक्षतालाई संकेत गर्न नयाँ नोट जारी गरेको हो ।

अनुराग श्रीवास्तवले साप्ताहिक प्रेस कन्फ्रेन्समा भने, ‘हामीले बैंक नोट हेरेका छौँ, जसले भारतको बाहिरी क्षेत्रीय सीमालाई गलत तरिकाले प्रस्तुत गरेको छ ।’ साउदीले गत अक्टोबर २४ मा आफ्नो यो नोट सार्वजनिक गरेको हो । बीबीसीबाट


कस्तो लाग्यो ?

यो पनि