बैशाख १४, २०८१, शुक्रबार
               

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८७ जना कोरोना संक्रमितको डाइलासिस

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको छ । कोरोना संक्रमितको संख्या बढिरहेको समयमा विभिन्न अस्पतालले बिरामीलाई सेवा दिन नसकिरहेको अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको हो ।

प्रतिष्ठानभित्र रहेको डायलासिस केन्द्रमा संक्रमितलाई लगेर छुट्टै आइसोलेसन कोठा बनाइ संक्रमितको डायलासिस गर्ने व्यवस्था मिलाइ सेवा उपलब्ध गराएको हो ।

कोभिड अस्पतालमा ठाउँको अभाव र प्राविधिक सामग्रीको व्यवस्थापनमा कठिनाइ हुने भएकोले पुरानो ठाउँमा लागि डायलासिस गर्ने गरेको प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार होम आइसोलेसनमा बसेका,विभिन्न आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितलाई डायलासिस गरिएको छ ।

'नेपाल सरकारको स्वास्थ्य मापदण्डको प्रोटोकलको नियम पालना गरेर डायलासिस गरिएको छ, ‘ सह-प्रवक्ता श्रेष्ठले भने,’ चिकित्सकले सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका हुन्छन् । डायलासिस गर्ने समयमा पिपिई लगाएर र भौतिक दूरी कायम गरी उपचार गर्ने व्यवस्था गरिएको छ ।’

कोभिड अस्पतालमा अहिलेसम्म ९ सय ९९ संक्रमित भर्ना भएका छन् । ८ सय ४३ संक्रमणबाट मुक्त भइ घर गइसकेका छन्। ७८ संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा ८ जना संक्रमितलाई आइसियुमा राखी उपचार गरिरहेको उनले जानकारी दिए । पोर्टेबल २ वटा सहित ११ वटा भेन्टिलेटर छन्। सबै भेन्टिलेटर अहिले प्रयोगमा ल्याइरहेको उनको भनाइ छ ।

अस्पतालको आइसोलेसनमा २३ र २५ जना संक्रमितले अस्पतालमा उपचार गराइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि