बैशाख १४, २०८१, शुक्रबार
               

भूकम्पले क्षतिग्रस्त विश्वरूप मन्दिरको पुनर्निर्माणका लागि ड्रइङ डिजाइन स्वीकृत

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनको व्यवस्थाका कारण यति लामो समय रोकिएको सो अनुमति शुक्रबार प्राप्त भएको हो । 

यसअघि विभागबाट ड्रइङ डिजाइन स्वीकृत, बजेट व्यवस्थापनलगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण हुन सकेको थिएन ् । 

सो मन्दिर निर्माणका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिर पुनःनिर्माणका लागि १० करोड बजेट विनियोजन गरेको छ । कोषले चालू आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर निर्माणका लागि सो रकम विनियोजन गरेको हो । 

मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि ७० करोड बजेट लाग्ने अनुमान गरिएको छ । बहुवर्षीय योजनाअन्तर्गत आव २०७८/२०७९ सम्मका लागि मन्दिर क्षेत्रको पुनःनिर्माण सक्ने लक्ष्य रहेको बताइन्छ । सो मन्दिर पुनर्निर्माणका लागि ठेक्काको प्रक्रिया सुरु  भएको पनि बताइन्छ ।

 


कस्तो लाग्यो ?

यो पनि