बैशाख १२, २०८१, बुधबार
               

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा पैदा भयो : कमल थापा

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले भारत र चीनसँगको सम्बनधमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणनीतिको आलोचना गरेका छन् । थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न सबैलाइ आग्रह पनि गरेका छन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाइ छ ।

नेपालका लागि भारत र चीनसँगको सम्बन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै अध्यक्ष थापाले सत्तारूढ नेकपा र मुख्य विपक्षी कांग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना पनि गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले भने, ‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो । तर,सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ । देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बनौँ ।’ 


कस्तो लाग्यो ?

यो पनि