चैत १६, २०८०, शुक्रबार
               

रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

रुपन्देही । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपचारका क्रममा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

उनलाई सो अस्पताल भर्ना भएकै दिन सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो । उनी सो अस्पताल कात्तिक १ मा भर्ना भएका थिए । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेका थिए । कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि