बैशाख १२, २०८१, बुधबार
               

'नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो'

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएका हुन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन्, ‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो,’ उनले अगाडि लेखेका छन्, ‘तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ ।’

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न आग्रह समेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि