बैशाख १४, २०८१, शुक्रबार
               

साउदीमा गैरकानुनीरुपमा बसेका थप २५ नेपालीलाई बहिर्गमन भिसा

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

रियाद । साउदी अरबमा गैरकानुनी रुपमा बसेका थप २५ जना नेपालीले एक्जिट (बहिर्गमन)भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप २५ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । योसँगै साउदी सरकारले हालसम्म १ हजार १९० जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको जनाएको छ ।

साउदीका विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा)नबनाएर तथा नवीकरण नगरेर स्वदेश फर्कन अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

कतिपय नेपालीहरुले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेकाले त्यसबारे प्रष्ट हुने गरीको कागजातसहित पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा पठाउन पनि अनुरोध गरिएको छ  ।

यस्तै विभिन्न कसुरमा मुद्दा लागेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै यस्ता कागजात पठाउन दूतावासले आग्रह गरेको छ ।

बहिर्गमन भिसा जारी भएकाहरुले भिसा जारी भएको ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि