चैत १५, २०८०, बिहीबार
               

विश्वभर एकैदिन ५ लाख ४५ हजारभन्दा बढीमा संक्रमण

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ५३ लाखभन्दा बढीमा संक्रमण भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४५ हजार ९०३ जनामा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ५३ लाख २१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये ८२ हजार २३६ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १७२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ८६ हजार २४३ पुगेको छ ।

यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ११ लाख ४२ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६६ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २९ लाख नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९२ लाख १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८० लाख ८८ नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ९६ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६० हजार ६६ जनाको मृत्यु भएको छ । ९४ लाख ८ हजार ६४८ जना संक्रमित भएकोमा ३६ लाख ६४ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि