चैत १६, २०८०, शुक्रबार
               

फ्रान्समा दोस्रो चरणको लकडाउन हुँदा राजधानी छाड्नेको संख्या ह्वात्तै बढ्यो

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

दोस्रो चरणको लकडाउन घोषणा भएसँगै  फ्रान्समा राजधानी पेरिस छाड्नेको संख्या बढेको छ । शुक्रबारदेखि पुन: सुरु भएको लकडाउनका कारण राजधानी छाड्नेको संख्या ह्वात्तै बढेको हो ।  राजधान पेरिस छाड्नेको संख्यामा उल्लेखित वृद्धि भएसँगै सडक जाम भएको छ । 

समाचारहरुमा जनाइएअनुसार करिब सात सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको  छ  ।

बिबिसीका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको हो । फ्रान्समा पछिल्लो दिनयता कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएका कारण पुन: लकडाउन गरिएको हो । 

बिबिसीका अनुसार दोस्रो चरणको लकडाउन लागू भएसँगै फ्रान्सका स्थानीयले अति-आवश्यक नपरि घरबाहिर निस्कन पाइने छैन ।


कस्तो लाग्यो ?

यो पनि