बैशाख १३, २०८१, बिहीबार
               

प्रहरी हवल्दारले लाख रुपैयाँ रहेको झोला भेटेपछि...

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख रुपैयाँ नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । 

बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन् । 

फेला परेको झोलाभित्र ९९ हजार ६४० रुपैयाँ नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो । 

झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि