बैशाख ०५, २०८१, बुधबार
               

भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

धनगढी । भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष जोशीले २०७५ फागुन २० गते वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । 

जोशीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । 

जोशी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

यो पनि