बैशाख ०८, २०८१, शनिबार
               

प्रदेश १ मा १३४ कोरोना संक्रमित थप

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ६४ महिला र ७० जना पुरुष छन् । थपिएका संक्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२ रहेका छन् ।

साथै  झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।यस प्रदेशमा हालसम्ममा कोरोना संक्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ भने विभिन्न स्थानबाट ७० जनासहित हालसम्ममा १० हजार १७९ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो सो अवधिमा प्रदेशमा ४४२ जनासहित कूल एक लाख ५६ हजार ९८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि