बैशाख १२, २०८१, बुधबार
               

चेन्नईद्वारा कोलकाता ६ विकेटले पराजित

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । कोलकाताले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ७२ रन बनाएका थिए । कोलकाताका बलर पाट कमिन्स र वरुण चक्रवर्तिले २, २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको हो ।

कोलकाताका लागि नितिश रानाले सर्बाधिक ८७ रन बनाए । उनले ६१ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाएका थिए ।

चेन्नईका बलर लुंगी एनगिडीले २ विकेट लिए भने मिचेल सान्टनर, रविन्द्र जडेजा र करण शर्माले एक, एक विकेट लिएका थिए ।

प्रतियोगिताबाट बाहिरिसकेको चेन्नईको १३ खेलमा यो पाँचौं जित हो ।


कस्तो लाग्यो ?

यो पनि