बैशाख १२, २०८१, बुधबार
               

दशैंँ मान्न घर आएका अपराधी पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध मुद्दाका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजाय सुनाएका बागलुङ नगरपालिका-२ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो । 

अदालतको फैसलापछि उनी फरार थिए । दशैंँ मनाउन घरमा आएका बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बस्नेतले एक वर्ष १० महिना २१ दिन कैद र ७५ हजार जरिवाना भुक्तान गर्न बाँकी छ । उनलाई बिहीबार नै जिल्ला अदालत पेश गरिएको छ ।

दुई महिनायता अभियान चलाएको प्रहरीले हालसम्म १०८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । बागलुङमा अझै ४८०  प्रतिवादी फरार छन् ।


कस्तो लाग्यो ?

यो पनि