बैशाख १२, २०८१, बुधबार
               

सक्रिय संक्रमितकाे संख्या ३९ हजार पुग्यो

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

देशभरमा आज कोभिड–१९ सक्रिय संक्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ ।   देशभरमा आज दुई हजार ३६४ जना संक्रमित थपिँदा तीन हजार ३८ संक्रमणमुक्त भएकाले सक्रिय संक्रमित केही कम भएका हुन् । आज थपिएका संक्रमितमध्ये पुरुष एक हजार ३८० र महिला ९८४ जना छन् । 

आजसम्म एक लाख २४ हजार ८६२ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आजसम्म एक लाख २४ हजार ८६२ जना अर्थात्  ७५ दशमलव आठ प्रतिशत संक्रमित संक्रमणमुक्त भइसकेका छन् । आजसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा संक्रमितमध्ये २३ दशमलव  ६ प्रतिशत छ । 

काठमाडौं उपत्यकामा आज एक हजार ६१५ नयाँ संक्रमित थपिएका छन् ।  थपिएका संक्रमितमध्ये ९११ पुरुष र ७०४ महिला  छन् । काठमाडौँ उपत्यकाका   काठमाडौँमा १६ हजार ५२१, ललितपुरमा दुई हजार ४७० र भक्तपुरका एक हजार ७० सक्रिय संक्रमित  छन् । 
देशभर हालसम्म संक्रमितको सङ्ख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । सक्रिय संक्रमितमध्ये हाल ३१ हजार ८९८ होम आइसोलेशनमा छन् ।  पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नौ हजार ७६९ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख १९ हजार ६४ नमूना परीक्षण भइसकेको छ । हालसम्म पिसिआर परीक्षणमध्ये संक्रमण दर ११ दशमलव ६ प्रतिशत छ । क्वारेन्टाइनमा रहेकाको सङ्ख्या दुई हजार ६८९  छ । 

प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा छ हजार १८३, प्रदेश नं २ मा एक हजार एक, वाग्मती प्रदेशमा १८ हजार ७६, गण्डकी प्रदेशमा एक हजार ३२६, लुम्बिनी प्रदेशमा तीन हजार ७४१, कर्णाली प्रदेशमा ५७३ र सुदूरपश्चिम प्रदेशमा ९९८ छ । 

देशभरमा आज ३०४ संक्रमित सघन उपचार कक्षमा  छन् । प्रदेश १ मा ३६, प्रदेश २ मा १३, वाग्मतीमा १८४, गण्डकीमा १३, लुम्बिनीमा ४९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच संक्रमित सघन उपचार कक्षमा  छन् । त्यस्तै प्रदेश १ मा १०, प्रदेश २ मा दुई, वाग्मतीमा ५७, गण्डकीमा दुई र  लुम्बिनीमा पाँच गरी जम्मा ७६ संक्रमित भेण्टिलेटरमा छन् । 

१४ जिल्लामा ५ सयभन्दा बढी संक्रमित

आजसम्म देशभरका ७७ मध्ये १४ जिल्लामा संक्रमित पाँच सयभन्दा बढी छन् भने मुस्ताङमा शून्य  छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी(बर्दघाट सुस्तापूर्व), रुपन्देही, दाङ र कैलाली छन् । 

 आज १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १७ जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९०४ पुगेको छ । संक्रमणका कारण मृत्यु हुने शून्य दशमलव ६ प्रतिशत हो ।   


कस्तो लाग्यो ?

यो पनि