बैशाख ०७, २०८१, शुक्रबार
               

बिहीबार थपिए २३६४ जना कोरोना संक्रमित, ३०३८ जना डिस्चार्ज

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि