बैशाख ११, २०८१, मंगलबार
               

नेपालगन्जबाट साढे २९ लाखसहित १० जना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँसहित १० जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दशैंको समयमा तास र कौडा खेलिरहेका समयमै  उनीहरुलाई पक्राउ गरेको हो । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुबास खड्काले बताए ।

खेलमा प्रयोग गरेको कौडा र ताससमेत बरामद भएको उनले बताए ।

डिएसपी खड्काले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारबाही हुने जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि