चैत १५, २०८०, बिहीबार
               

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पिसिआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’


कस्तो लाग्यो ?

यो पनि