चैत १५, २०८०, बिहीबार
               

उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी निजीलाई बिक्री गर्दै

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

एजेन्सी । मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योग र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ ।

उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका हुन् ।

कोरोना महामारीसंगै खुम्चिएको राज्यको स्वामित्वमा रहेका उद्योग व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।

उज्वेक राष्ट्रपतिले निजी क्षेत्रलाई बिक्री गरिने व्यवसायहरुमा ठूला सरकारी ३२ वटा कम्पनी रहेका छन् । साथै राज्यको स्वामित्वमा रहेका अरु १५ वटा सम्पत्ति पनि बिक्री गर्दै छ ।

उज्वेकिस्तानमा राज्यको स्वामित्वमा झण्डै ३०० कम्पनी संचालनमा छन् जसमा तेल र ग्यास, खाद्यान्न, सञ्चार र सूचना प्रविधि समेतका छन् । उज्वेक कानुनमन्त्रीका अनुसार अब यी कम्पनीहरु पूर्णरुपमा निजीकरण हुनेछन् ।

सन् २०१६ मा मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपति भएयता सरकारले आर्थिक सुधारका शृंखलाबद्ध कार्यक्रम अघि बढाएको छ ।

सरकारले विदेशी मुद्रा बजारको उदारीकरण, कर कटौती र विदेशी लगानीलाई विशेष ग्राह्यता समेतका नयाँ नीतिहरु अबलम्बन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि