बैशाख १२, २०८१, बुधबार
               

फिफा अध्यक्षलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष गिआनी इन्फान्टिनोलाई कोराना संक्रमण भएको छ । फिफाले अध्यक्षलाई कोरोना संक्रमण भएको बुधबार पुष्टि गरेको छ ।

५० वर्षीय गिआनीलाई कोरोना पोजेद्बिभ देखिएकाे हाे । संक्रमणपछि उनी १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् ।

‘फिफा अध्यक्ष इन्फान्टिनोलाई कोराण्ना भएको आए पुष्टी भएको छ । कोरोना परिक्षणमा पोजेटिभ देखिएको छ,’ फिफाकाे विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्षलाई हल्का लक्षण देखिएको छ । त्यसलगत्ती उनले आफूलाई आइसोलेसनमा बसेका छन् । कम्तीमा १० दिन उनी क्वारेन्टिनमा बस्नेछन् ।’

फिफाले अध्यक्षको सम्पर्कमा आउनेका लागि पनि सुचित गर्दै सचेतनाका लागि आग्रह गरेको छ । फिफा सचिवालयले अध्यक्षलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि