चैत १६, २०८०, शुक्रबार
               

तास र कौडा खेल्ने २० जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।उनीहरूको साथबाट दुई लाख ४६ हजार ७६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको उनहाँले बताए । उनका अनुसार  कात्तिक १ गतेदेखि आजसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि