बैशाख १३, २०८१, बिहीबार
               

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुग्यो

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ करोड ४३ लाख ८६ हजार ६२१ पुगेको हो । हालसम्म कोरोनो संक्रमणबाट ११ लाख ७२ हजार ८६ जनाको मृत्यु भइसकेको छ भने २ करोड ९९ लाख ४० हजार ९२५ जना निको भइसकेका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ८८ लाख ४८ हजार ८ सय ७५ जना संक्रमित भइसकेका छन् भने २ लाख २७ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ । यस्तै, भारतमा ७९ लाख ९० हजार ३२२ संक्रमित र १ लाख २० हजार १० को मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि