बैशाख ०८, २०८१, शनिबार
               

बैङलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्लेअफमा

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो ।

बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा लक्ष्य पुरा गरेको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले अविजित ७९ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ७४ रन बनाएका थिए । उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाए ।

जितसँगै मुम्बई इण्डियन्सको प्लेअफमा पुगेकाे छ । उसको १२ खेलमा ८ जितसहित १६ अंक भएको छ । त्यस्तै बैंगलोर १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि