चैत १६, २०८०, शुक्रबार
               

अफगानिस्तानमा बम विस्फोटमा हुँदा १० तालिबानी लडाकू मारिए

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ ।

एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरू हालै मात्र जेल मुक्त भएका थिए । अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि अमोरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकूलाई जेल मुक्त गरिएको थियो ।

काबुलमा अधिकारीहरूले रिहा गरेका कैदीहरूमध्ये एक कमाण्डरसहित कम्तीमा पाँच जना तालिबानी मारिएका स्थानीय प्रहरी प्रमुख हेक्मतुल्लाह कोचीले बुधबार बताउनु भएको छ । कोचीले हालै जेल मुक्त भएका ५ हजार तालिवान कैदीबीच छुटेका कमान्डर अहमद शाहलाई गोली हानेर मारेको एक प्रेस विज्ञप्तिमा जानकारी दिए । 

अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आएका यी पाँच तालिबान लडाकू मारिनुको साथै अरु दुई तालिबानी लडाकू घाइते भएका कोचीले बताए । उत्तरपूर्वी अफगान प्रान्तको कुन्दुज प्रान्तमा बम विस्फोटको एउटा अर्को घटनामा पाँच तालिबानी लडाकूको मृत्यु भएको छ ।

तरनाब इलाकामा भएको एक बम बिष्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित पाँच जना तालिबानी लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका अफगान सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  यस घटनाको विषयमा तालिबानी लडाकू समूहले केही टिप्पणी भने गरेका छैनन ।


कस्तो लाग्यो ?

यो पनि