बैशाख १४, २०८१, शुक्रबार
               

राष्ट्रपति कार्यालयकाे भेरिफाइड ट्विटर अकाउन्ट बन्द

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर अकाउन्ट बन्द भएको छ । राष्ट्रपति विद्यादेवी भन्डारीको सचिवालयले प्रयोग गरिरहेको ट्विटर अकाउन्ट बन्द भएको हो । 

राष्ट्रपतिका सञ्चारविज्ञ टीकाप्रसाद ढकालले आफ्नो ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’ 

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिका प्रसाद ढकालले प्राविधिक समस्याका देखिएकाले उक्त अकाउन्ट बन्द गरिएको बताएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि