बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल- चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा सञ्चालन

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल- चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारबाट सञ्चालनमा आएको छ । 

बाढीपहिरोका कारण करिब तीन महिनादेखि बन्द रहेको सो नाका बुधबारबाट सञ्चालनमा आएको हो । असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेकाले सो नाका असोज २० गतेबाट चीनतर्फबाट सो नाका बन्द गराइएको थियो । 

दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । 

नेपाल भित्रिने सामान चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने गरी सो नाका सञ्चालनमा ल्याइएको हो ।

यो पनि