बैशाख १३, २०८१, बिहीबार
               

पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ९५४ कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ९५४ जना कोरोना संक्रमित पहिचान भएका छन् । 

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले  कुल आठ हजार २४८ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संक्रमित संख्या पहिचान भएको बताए । 

‘देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ,’ उनले भने,  ‘जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ छन् ।’

त्यसैगरी, उनले पछिल्लो २४ घन्टामा थप द्ई हजार ९८१ जनाले कोरोना जिती घर फर्किएको जानकारी दिए । उनका अनुसार कोरोनालाई पराजित गरी घर फर्किनेको संख्या एक लाख २१ हजार ८२४ पुगेको छ । 

यो पनि