चैत १६, २०८०, शुक्रबार
               

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

रुपन्देही । रुपन्देहीमा बुधबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोही दिनबाट अस्पतालको आईसियूमा भर्ना गरी उपचार सुरु गरिएको थियो । 

त्यसैगरी रुपन्देहीकै तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार कोरोनाकै कारण मृत्यु भएको छ । 

असोज ६ मा  कोरोना संक्रमण पुष्टि भएकी ७१ वर्षीया ती महिलालाई बुटवल धागो कारखाना कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी क्यान्सरबाट पीडीत थिइन् ।  

यो पनि