चैत १६, २०८०, शुक्रबार
               

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं । कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी गरी बैठक स्थगित भएको  जानकारी दिएका हुन् । जारी विज्ञप्तिमा केन्द्रीय बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिने उल्लेख छ । बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको  बताइएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ ।  

महासचिव पौडेलले ओली र प्रचण्डसँग छलफल गरेका सो मिति तय गरिएको बताइएको छ । त्यही अनुरुप आज विज्ञप्ति जारी गरी बैठकको मिति तय भएको जानकारी दिइएको हो । 

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो । 

त्यसअघि पार्टी एकताका सबै काम सकेर सांगठानिक कामहरु चुस्त पार्ने नेकपाले घोषणा गरेपनि पूर्व घोषित कार्यक्रमअनुसार एकताका काम नै सम्पन्न हुन सकेका छैनन् । तयारीका सम्वन्धमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक नै पछि धकेलिएपछि नेकपाको महाधिवेशन समेत प्रभावित हुने नेकपाका नेता कार्यकर्ताको बुझाइ छ । 
एकताका बाँकी काम सक्न अध्यक्षद्वयलाई दिएको समयसीमा पटक पटक गुज्रिसकेको छ भने पछिल्लो पटक अध्यक्षद्वयबीच नै यसबारे संवाद पातलो हुँदै गएको छ ।

यो पनि