बैशाख ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट रुपन्देही र पाल्पाका थप एक/एक जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार भएको हो । असोज ६ मा  कोरोना संक्रमण पुष्टि भएकी ७१ वर्षीया ती महिलालाई बुटवल धागो कारखाना कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी क्यान्सरबाट पीडीत थिइन् । 

त्यसैगरी, तानसेनका पुरुषमा  ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ११ मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनमा  बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । 

यो पनि