चैत १५, २०८०, बिहीबार
               

जसपाद्वारा पार्टीका सक्रिय सदस्यका लागि लेबी निर्धारण

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सक्रिय कार्यकर्ताका लागि लेबी तोकेको छ । जसपाको आजको बैठकअनुसार अब पार्टीको सिफारिसमा कुनै लाभको पदमा गएमा पार्टीलाई लेबी बुझाउनुपर्ने हुन्छ ।

जसपा नेपालको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार, राजनीतिक समितिका सदस्यहरुले सात सय, केन्द्रीय समितिका सदस्यले पाँच सय , संघीय परिषद्का सदस्यले तीन सय, राष्ट्रिय समितिका सदस्यले २५० र संघीय सांसदहरुका लागि १५ हजार रुपैयाँ तिर्नुपर्नेछ । 

यसका अलवा प्रदेश तथा स्थानीय तहरुमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले तोकिएको बमोजिम लेबी बुझाउपर्नेछ

हाल सो पार्टीको कार्यकारिणी समिति ५३ सदस्यीय छ, जसमा दुई सिट खाली राखेको छ । केन्द्रीय कार्यसमिति ८०१ सदस्यीय रहेको छ भने संघीय परिषद् ११०१  र राजनीतिक समिति १५१ सदस्यीय रहने बताइएको छ । राजपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ गरी जम्मा ३७ संघीय सांसद छन् ।


कस्तो लाग्यो ?

यो पनि