चैत १५, २०८०, बिहीबार
               

अमेरिकाको न्यायाधीशको रुपमा एमी कोने ब्यारेटले लिइन् शपथग्रहण

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशको रुपमा एमी कोने ब्यारेटले राष्ट्रपतिबाट शपथग्रहण लिएककी छिन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटबाट पारित भएपछि उनले सपथग्रहण लिएकी हुन् ।

सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले अहिले न्यायधीश नियुक्त गर्ने उपयुक्त समय नभएको भन्दै विरोध जनाएपछि उनको नियुक्तिमा विवाद हुँदै आएको थियो । सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले न्यायाधीश नियुक्ति प्रक्रिया सुरुदेखि नै लज्जाजनक रहेको बताउँदै आएका थिए ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर वैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उनीहरुको भनाइ थियो ।

यो पनि