बैशाख १३, २०८१, बिहीबार
               

बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए ।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । 

हाल घरमै आइसोलेसनमा बसेका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि