चैत १६, २०८०, शुक्रबार
               

कारको ठक्करबाट  वृद्धको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

पूर्व-पश्‍चिम राजमार्ग अन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको  घटनास्थलमै मृत्यु भएको छ  । मृत्यु हुनेमा सप्तरीको कंचनरुप  नगरपालिका वडा नं. २ बरमझिया  निवासी ७५ वर्षीय तीलक सुरेत  रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव  उपरिक्षक नरेश कुमार सिँहले जानकारी  दिए ।

पूर्वबाट पश्‍चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले  बाटो काटने क्रममा तीलकलाई ठक्कर  दिएको  थियो  । सो ठक्करबाट  उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ  । ठक्कर  दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले  नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि