बैशाख १२, २०८१, बुधबार
               

च्याम्पियन्स लिगमा बायर्न विजयी

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

गएराति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतकाे खेलमा जर्मन क्लब बायर्न म्युनिखले रसियन क्लब लोकोमोटिभ मस्कोलाई पराजित गरेको छ ।

लोकोमोटिभ मस्कोको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले २-१ गोल अन्तरले जित निकालेको हो । खेलको १३ औं मिनेटमा नै बायर्नका लियोन गोरेट्ज्काले गोल गरे ।

यस्तै ७० औं मिनेटमा मस्कोका एन्टोन मिरान्चुकले गोल गर्दै बराबरीमा ल्याए । ७९ औं मिनेटमा जोसुआ किमिचले गोल गरेपछि बायर्न विजयी भएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि