बैशाख १४, २०८१, शुक्रबार
               

बराबरीमा रोकियो रियल म्याड्रिड

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले बोरुसिया मोन्चेनग्लाडबाकसँग बराबरी खेलेकाे छ । बोरुसियामा भएको खेलमा रियल अन्तिम समयमा २ गोल गर्दै खेल २-२ को बराबरी गर्न सफल भएको हो ।

खेलको ३३ औं मिनेटमा घरेलु टोलीले मार्कस थुरामको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा थुरामले नै अग्रता दोब्बर पारे ।

खेलको ८७ औं मिनेटसम्म पनि २-० ले पछि रहेको रियल म्याड्रिड अन्तिम समयमा दुई गोल गरेपछि हारबाट जोगियो । ८७ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा क्यासेमिरोले सर्जियो रामोसको पासमा गोल गर्दै खेल बराबरी गरे ।

समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेले । यससँगै शाख्तर ४ अंकसहित शीर्षस्थानमा छ । ग्लाडबाक र इन्टर मिलानको २/२ अंक छ ।


कस्तो लाग्यो ?

यो पनि