बैशाख ०८, २०८१, शनिबार
               

हैदराबादसँग दिल्ली ८८ रनले पराजित

नेपाल फ्ल्यास
कात्तिक १२, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

मंगलबार राति  सम्पन्न ४७ औं खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ । जितका लागि २२० रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा अल आउट हुँदै १३१ रनमा समेटियो ।

राशिद खानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजनले २, विजय शंकर, शहबाज नदीम र जेसन होल्डरले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २१९ रन बनाएको थियो । दिल्लीले अब शनिबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । हैदराबादले शनिबारनै रायल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।


कस्तो लाग्यो ?

यो पनि