बैशाख १३, २०८१, बिहीबार
               

अमेरिका र भारतबीच एक सम्झौता, अमेरिकाले संकलन गरेका सूचनामा भारतको पहुँच पुग्ने

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

भारत र अमेरिकाबीच मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार भारत आएका अमेरिकी विदेशमन्त्री माइक पम्पियो र भारतसरकारबीच सो सम्झौता भएको हो । 

अमेरिका-चीनबीच व्यापार युद्ध र  भरत-चीनबीच लद्दाखमा भएको युद्धका बेला विदेशमन्त्रीको भारत भ्रमण हुनु र भ्रमणका क्रममा भएको सूचनामा पहुँचसम्बन्धी सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।

सो सम्झौतासँगै मिसाइल, ड्रोनलगायत आक्रमणमा सहज हुने बताइएको छ । दुई देशको बीचमा मंगलबार नै भएको टु प्लस टु बैठकपछि सो सम्झौता भएको हो ।

सो सम्झौताअनुसार रक्षासम्बन्धी केही संवेदनशील स्याटलाइट तस्विर, नक्सालगायत सूचनाहरु भारत  र अमेरिकाबीच एक आपसमा आदानप्रदान हुनेछन् ।

उक्त सम्झौताअनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउनेछ । सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायत आक्रमणमा सहज हुने बताइएको छ । दुई देशको बीचमा मंगलबार नै भएको टु प्लस टु बैठकपछि सो सम्झौता भएको छ ।

टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक  हो । सोही वैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा आएका थिए । विश्लेषकहरुले भारत र अमेरिकाले रक्षा सम्बन्धमा गहिरो सहकार्य गरेर चिनियाँ प्रभावलाई कम गर्न खोजेको विश्लेषण गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि