बैशाख ०७, २०८१, शुक्रबार
               

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ ।

भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड-१९ संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको सो विभागले पत्रमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

सो पत्रमा भट्टराईले केही अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ । 
भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।

यो पनि