बैशाख ०८, २०८१, शनिबार
               

चन्द्रमाको सतहमा पानी भेटियो : नासा

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

चन्द्रमाको सतहमा पहिलो पटक पानी भेटिएकाे छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पानी रहेको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी उपलब्ध रहेको पुष्टि भएको नासाको भनाइ छ ।

यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा (हिउँ) पाइएको थियो ।अहिले भने चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको नासाले पुष्टि गरेको हो । यसको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिन्छ ।

अन्तरिक्ष यान स्ट्रटोस्फेरिक अब्जरभेटरी फर इनफ्रारेड एस्ट्रोनोमी (सोफिया) मा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट नयाँ कुरा थाहा भएको नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले बताएका छन् । सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको हो ।

एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको वाटर मलिक्यूल्स रहेको पाइएको नासाले बताएको छ । पछिल्लो तथ्यांकले वैज्ञानिकले यसअघि गर्दै आएको चन्द्रमाको सतहमा पानी रहेको आंकलन थप पुष्टि गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि