बैशाख १४, २०८१, शुक्रबार
               

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

काठमाडौं । हास्यकलाकार मनोज गजुरेललाई काेरोना संक्रमण पुष्टि भएकाे । आफूलाई कोरोना पोजेटिभ भएकाे गजुरेलले फेसबुकमार्फत जानकारी दिएका छन् । 

उनले लेखेका छन्- 'भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ 'पोजेटिभ' देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।'

उनले लामाे स्टाटस लेख्दै थपे-'बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहर"लाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुने खालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।'

संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा 'पोजिटिभ' देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन उनले अनुरोध गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि