बैशाख ०८, २०८१, शनिबार
               

भक्तपुरमा एक भारतीय नागरिकको हत्या

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौैैं ।  भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावादका उनको हत्या भएको हो ।

उनी  भक्तपुर नगरपालिका- १ इँटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको बताइएको छ । 

हत्यामा उनीसँगै काम गर्ने भारतीय नागरिक २३ वर्षका सलमान खान र १९ वर्षका सानु अन्सारी संलग्न रहेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्‍ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएपछि कोठामा खानतलासी गर्दा दुबै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।

यो पनि