चैत १५, २०८०, बिहीबार
               

निशुल्क कोरोना संक्रमितको उपचार गर्न सबै अस्पताललाई सरकारको आग्रह

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सबै कोरोना संक्रमितको परीक्षण र उपचार नगर्ने निर्णय गरेको सरकारले आइतबार सबै अस्पताललाई उपचार खर्च व्यहोर्न आग्रह गरेको छ । 

केही दिनअघि मात्रै सबै संक्रमितको उपचार नगर्ने निर्णय गरेको सरकारले चौतर्फी आलोचनापश्चात् सबै अस्पताललाई  यस्तो आग्रह गरेको हो । 

सरकारले केही दिनअघि मात्रै विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

यसको चौतफी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का कोअर्डिनेटर डा. गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कतिपय अस्पतालले कोभिड–१९ का बिरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट वञ्चित गरेको गुनासो आएको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि