बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री र रअ प्रमुखको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको आपत्ति

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर एजेन्सी रअका प्रमुखको भेटलाई कूटनीतिक मर्यादाविपरीत  भनेका छन् । 

सामाजिक सञ्जालमार्फत् नेता श्रेष्ठले सो भेटलाई कूटनीतिक मर्यादाविपरीत भनका हुन् । उनले सो ट्विटमार्फत उनीहरुको भेटवार्ता पार्टीलाई पूर्वजानकारी नदिएको र भेटपछि पनि कुनै छलफल नभएको बताएका छन् । त्यसैगरी उनले प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना भेट भएको उनको भनाइ छ । 

‘भारतको गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गरेर फिर्ता भएछन्। प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारे पूर्व जानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन,’ श्रेष्ठले लेखेका छन्।

उनले नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको बताएका छन्।

‘देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको हो। नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो। त्यो होइन भन्ने स्पष्ट भइसकेको छ’, उनले लेखेका छन्।

गत बुधबार राति ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमुख गोयलसँग भेटवार्ता गरेका थिए। भेटलाई प्रधानमन्त्रीको सचिवालयले शिष्टाचार भनेको छ। उक्त भेटलाई लिएर नागरिक समाज, विभिन्न दल र सत्तारुढ नेकपाबाटै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ।

यो पनि