बैशाख ०८, २०८१, शनिबार
               

बुबाकाे हत्या अभियोगमा छोरा पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

दाङ । आफ्नै बुबाकाे हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । 

बंगलाचुली गाउँपालिका २ दाङ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले  घरको छतबाट फालेर बुबाकाे हत्या गरेकाे अभियोगमा दाङ प्रहरीले छोरालाई पक्रेकाे हाे ।

प्रहरीका अनुसार शनिबार बिहान ४५ वर्षीय बुबा बालाराम विकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोग छ । जिल्ला प्रहरी प्रवक्ता (डीएसपी) सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको हाे ।

प्रहरीले छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि