चैत १५, २०८०, बिहीबार
               

आज नवरात्रकाे सातौं दिन : कालरात्रिकाे पूजा आराधना गरी मनाईंदै

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

आज नवरात्रको सातौं दिन कालरात्रिको पूजा गरिँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कालरात्रिको पूजा आराधना गर्छन् ।

घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको सातौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ ।

सातौं दिन कालरात्रिको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।


कस्तो लाग्यो ?

यो पनि