चैत १६, २०८०, शुक्रबार
               

कात्तिक ७ बाट क्लिनफिड लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिनफिड कार्यान्वयनको तयारी पूरा भएको बताएका छन् । 

बिहीबार मन्त्रिपरिषद्को निर्यण सार्वजनिक गर्दै उनले क्लिनफिड लागू गर्नका लागि तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले भने, ‘कात्तिक ७ गतेदेखि क्लिनफिड लागू गर्ने तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको छ ।’

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विज्ञापन नियमन ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लिनफिड लागू गर्ने व्यवस्था गरेको बताउँदै उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख गरिएको बताए । 

२०७३ देखि क्लिनफिड कार्यान्वयनको तयारी भए पनि भोलिबाट सो योजना कार्यान्वयन हुने उनको भनाइ छ ।

यो पनि